असोज ३० गते २०८३ || October 16, 2026

जीप दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००९:३२

जीप दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते

काठमाण्डौँ - पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनीमा गए राति जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ ।


  • सम्बन्धित विषय:

  • # जीप दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend