सुनसरी - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताएका छन् । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गरे। उनले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाए।
उनले भने, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ । मङ्सिर ४ मा जनताले देखाइ दिनेछन् । बिना ढेउवा के भन्नेहरूलाई ।’
ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गरे । उनले गठबन्धन १५/२० वर्षसम्म रहन्छ भनेर दाबी गरिए पनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई चुनावमा मतदाताले जवाफ दिने बताउए ।