असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्र बैंकको कठोर नीतिका कारण : अर्थतन्त्रमा सुधार


बुधबार, कात्तिक ३० २०७९११:०२

राष्ट्र बैंकको कठोर नीतिका कारण : अर्थतन्त्रमा सुधार

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन्। नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन्।

उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत  दाबी गरे। उनले भने, ‘राष्ट्र बैंकले यो वर्षको तीन महिनामको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । हामी गएको वर्षभर नै धेरै नै तनावपूर्ण आर्थिक अवस्थामा रह्यौँ । यसबीचमा हामीले धेरै अप्रिय खालका नीतिगत निर्णयहरू पनि लियौँ । राष्ट्र बैंकले लिएको नीतिले सकारात्मकरूपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको छ । अर्थतन्त्रलाई सही ट्र्रयाकमा लैजाने आशामा छौँ ।’

गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्ब रुपैयाँले बढेको बताए। उनले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताए । असोजसम्ममा आयात ३५ दशमलव ७ प्रतिशत र निर्यात १६ दशमलव २ प्रतिशतले घटेको उनले बताए ।

गभर्नर अधिकारीले तरलताका कारणले कुनै पनि बैंकलाई अप्ठेरो पार्ने स्थिति आउन नदिने दाबी पनि गरे ।


  • सम्बन्धित विषय:

  • # अर्थतन्त्र
  • # महाप्रसाद अधिकारी
  • # राष्ट्र बैंक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend