कात्तिक २ गते २०८३ || October 18, 2026

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै


पिपल अनलाइन
सोमबार, साउन १ २०८००१:२३

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ - आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने सङ्क्रान्तिको दिन बेलुका लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend