कात्तिक १ गते २०८३ || October 17, 2026

सुनकोशीमा पौडी खेल्न गएका चारमध्ये दुई बेपत्ता


पिपल अनलाइन
सोमबार, साउन १ २०८००१:५७

सुनकोशीमा पौडी खेल्न गएका चारमध्ये दुई बेपत्ता

काठमाण्डौँ - रामेछापमा पौडी खेल्ने क्रममा चारमध्ये दुई जना बेपत्ता भएका छन् । रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुवार र अन्दाजी १५ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

घरबाट झण्डै ३ किलोमीटर टाढाको गाईटार भन्ने स्थानमा सुनकोशी नदीमा पौडी खेल्न चार जना सँगै गएका थिए । तीमध्ये दुई जना घर फर्केका छन् भने दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

प्रहरीका अनुसार बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।


  • सम्बन्धित विषय:

  • # सुनकोशीमा पौडी खेल्न गएका चारमध्ये दुई बेपत्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend