कात्तिक १ गते २०८३ || October 17, 2026

एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ


पिपल अनलाइन
सोमबार, साउन १ २०८००२:२१

एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ

 काठमाडौँ - प्रहरीले लर्ड अफ ड्रिंक्स एलओडी क्लवका म्यानेजर र अर्की एक महिला कर्मचारीलाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश दिएको विषयमा अनुसन्धानको लागि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले क्लवमा म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने महिला कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको हो । केही दिनअघि एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।


  • सम्बन्धित विषय:

  • # एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend