असोज ३० गते २०८३ || October 16, 2026

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता


पिपल अनलाइन
सोमबार, साउन १ २०८००२:३६

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ ।

मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए । मन्त्री मोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे ।


  • सम्बन्धित विषय:

  • # मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend