कात्तिक १ गते २०८३ || October 17, 2026

आजबाट वीपी राजमार्गमा नाइट बस सरर...


पिपल अनलाइन
सोमबार, साउन १ २०८००२:४४

आजबाट वीपी राजमार्गमा नाइट बस सरर...

 सिन्धुली - बनेपा–सिन्धुली–बर्दीबास वीपी राजमार्गमा सोमबारदेखि रातिको समयमा पनि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । यसअघि स्थानीय प्रशासनले कमलामाई नगरपालिका ९ भिमानमा रोक्दै आएका सार्वजनिक यातायातका साधन सामेबारबाट खुल्ला गरिएको हो । 

स्थानीय प्रशासनले सडक सुरक्षाको कारण देखाउँदै वीपी राजमार्गअन्तरगत कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट र काभ्रेपलान्चोक जिल्लाको काभ्रेभञ्ज्याङ चेकपोष्टमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मकका लागि सार्वजनिक यातायातका सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।


आइतबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवाल, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठसहितको छलफल तथा समन्वयमा भिमानमा रोकिदै आएका सवारीलाई भिमानबाट सिन्धुलीमाढीसम्म आउन दिने सहमति भएको हो ।


  • सम्बन्धित विषय:

  • # आजबाट वीपी राजमार्गमा नाइट बस सरर...
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend