काठमाडौं - माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले दोब्बर मतको अग्रता कायम गरेका छन्। नेता गुरुङ लमजुङ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।
माओवादी केन्द्रका गुरूङले एमालेका पृथ्बीसुब्बा गुरूङसँग फराकिलो अन्तर कायम गरेका गरिरहेका छन् । २३७१ मत गन्दा माओवादीका देव गुरूङले १४८६ ल्याउँदा एमालेका पृथ्बीसुब्बा गुरूङले ६ सय ९२ मत ल्याएका छन्।
यसरी हेर्दा दुई उमेदवारबीच झन्डै दोब्बर मतले माओबादी केन्द्रका गुरुङ अगाडी बढिरहेको देखिन्छ ।