असोज ३० गते २०८३ || October 16, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै 


पिपल अनलाइन
मंगलबार, साउन २ २०८००७:२४

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै 

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। गत शुक्रबार देखी जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो । 

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend