असोज ३० गते २०८३ || October 16, 2026

प्रविधिमैत्री बन्दै राजनीतिक दलहरू


पिपल अनलाइन
मंगलबार, साउन २ २०८००८:१३

प्रविधिमैत्री बन्दै राजनीतिक दलहरू

काठमाडौँ - नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू विस्तारै स्याचुरेसन डिजिटलीकरण अर्थात प्रविधिमैत्रीउन्मुख हुन थालेका छन् । आफ्नो वेभसाइटमार्फत पार्टीका गतिविधि सार्वजनिक गर्न थालेका दलहरूले सदस्यता वितरण र नवीकरणसमेत अनलाइन माध्यमबाट शुरू गरेर दलहरू प्रविधिमैत्री बन्न थालेका हुन् ।

नेपालका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी जसपा लगायत दलहरूले अनलाइनमार्फत आफ्नो दलको सदस्यता वितरण शुरू गरेका छन् ।

अनलाइन प्रणालीमार्फत पार्टी सदस्यता वितरण नवीकरण शुरू गरे पनि दूरदराजमा अनलाइनको पहुँच नपुग्दा र पार्टी सदस्यहरूलाई डिजिटल माध्यमका विषयमा जानकारी नहुँदा पूर्णरूपमा लागू गर्न दलहरूलाई उत्तिकै चुनौती छ । यद्यपि, उनीहरूले आफ्ना मातहतका पार्टी कमिटीहरूलाई धेरथोर जानकारी भने गराएर सदस्यता वितरणको थालनी गरिसकेका छन् ।

पार्टी सदस्यहरू नयाँ पुस्ता र पढेलेखेका मात्रै नभएकाले अनलाइन सदस्यता वितरणका चुनौतीहरू रहेकाले अनलाइनकै भर पर्न सक्ने अवस्था भने नरहेको नेताहरूले बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # प्रविधिमैत्री बन्दै राजनीतिक दलहरू
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend