असोज ३० गते २०८३ || October 16, 2026

नीति र थितिबिनाको कांग्रेस


पिपल अनलाइन
मंगलबार, साउन २ २०८००८:१६

नीति र थितिबिनाको कांग्रेस

 काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथले कांग्रेसमा नीति र थिति बस्नेछ भन्ने विश्वास सबैमा थियो। तर महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसमा थिति बसाउने त परको कुरा, नीतिसमेत स्पष्ट छैन।

१०४ वर्ष लामो राणाशासन अन्त्य भएदेखिका सबै राजनीतिक तथा सामाजिक आन्दोलनहरूको नेतृत्व कांग्रेसले गर्दै आएको छ। संविधानसभाबाट संविधान जारी गर्नेदेखि तीनै तहको निर्वाचन गराएर संविधान कार्यान्वयनसम्मको नेतृत्व कांग्रेसले गरेको थियो। तर त्यसपछिका दिनमा कांग्रेस नीतिगत रूपमा कहाँ जाने र कोसँग सहकार्य गर्ने भन्नेमा अलमलिएको र दुविधामा परेको देखिएको छ।  

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष नेताहरू माओवादी केन्द्रलगायत दलसँग चुनावी तालमेल र सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। इतर पक्षका केही नेता त्यसको विपक्षमा उभिँदै आएका छन्। उनीहरूले निर्वाचनअघिको तालमेल आवश्यक नरहेको स्पष्ट पार्दै आगामी दिनमा त्यसो नगर्ने बताउँदै आएका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # नीति र थितिबिनाको कांग्रेस
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend