कात्तिक ३ गते २०८३ || October 19, 2026

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा : कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी


सोमबार, मंसिर ५ २०७९१०:०१

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा : कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

काठमाडौँ - मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्। प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्।​

मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे। यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।


  • सम्बन्धित विषय:

  • # मनाङ प्रदेशसभा
  • # मुनिन्द्रजंग गुरुङ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend