ललितपुर - जिल्लाको निवाचन क्षेत्र नं २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन्। महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन्।
पछिल्लो जानकारी अनुसार मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी छ। महर्जनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन्।