कात्तिक ३ गते २०८३ || October 19, 2026

 प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै 


मंगलबार, मंसिर ६ २०७९०१:००

 प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै 

डोटी - डोटीमा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै लगेका छन् । ७ हजार २ सय ४७ मत गणना हुँदा  आलेमगरले ४ हजार ४९ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले २ हजार ३ सय ९२ मत पाएकी छन् । यी दुईबीचको अन्तर एक हजार ७ सय ४ मतको अन्तर रहेको छ ।

पूर्वमन्त्रीसमेत रहेका आलेमगरको यो चौथोपटकको चुनावी प्रतिस्पर्धा हो । एक निर्वाचनमात्र हारेका आलेमगर तेस्रोपटक दाउ मार्ने तयारीमा छन् भने नेकपा एमालेकी गौरीकुमारी ओली ०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा मनोनयन भएकी थिइन् ।  


  • सम्बन्धित विषय:

  • # डोटी
  • # नेकपा एकीकृत समाजवादी
  • # प्रेमबहादुर आलेमगर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend