असोज २९ गते २०८३ || October 15, 2026

चुनाबमा गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्छ : महामन्त्री थापा


आइतबार, फागुन २९ २०७८०६:२३

चुनाबमा  गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्छ : महामन्त्री  थापा

सुर्खेत - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चैतको दोस्रो सातापछि निर्वाचनमा गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्ने बताएको छ । पार्टीले गाउँ अभियान थालेकाले गाउँबाट प्राप्त जनमतका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने या नजाने टुङ्गो लाग्ने उनले बताएका हुन् ।

प्रेस युनियन सुर्खेतले आइतवार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्ने र सरकार गठनमा तालमेल गर्ने भन्ने फरक कुरा भएको बताए। पार्टीभित्र निर्वाचनमा एक्लै जानुपर्छ भन्ने आवाज सशक्त रुपमा रहेको भन्दै उनले चैतको दोस्रो साता केन्द्रीय बैठक बसेर सो बारे निर्णय लिने जानकारी दिए ।

जसरी गए पनि काँग्रेस निर्वाचनमा एकमत भएर जाने उनले दाबी गरे। पूर्व मन्त्रीसमेत रहनुभएका नेता थापाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले ठूला राष्ट्रिय मुद्दाभन्दा स्थानीय मुद्दालाई बढी जोड दिने तयारी गरेको बताए । ठूला मुद्दालाई प्रदेश तथा सङ्घीय निर्वाचनमा जोड दिने र स्थानीय तहको निर्वाचनमा स्थानीय तहका मुद्दालाई प्राथमिकता दिइने थापाको भनाइ छ । जनताको जीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई स्थानीय तहको निर्वाचनमा आत्मसात गरेर जाने प्रतिबद्धता जनाए ।



  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # चुनाब


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend