असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रियसभा बैठक बस्दै, सम्भावित कार्यसूचिहरु के-के छन् ? 


पिपल अनलाइन
बिहीबार , साउन ४ २०८००६:३६

राष्ट्रियसभा बैठक बस्दै, सम्भावित कार्यसूचिहरु के-के छन् ? 

 काठमाडौँ - राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक  बोलाइएको छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् । 

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा बैठक बस्दै, सम्भावित कार्यसूचिहरु के-के छन् ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend