कात्तिक ३ गते २०८३ || October 19, 2026

काठमाडौं २ प्रदेशसभा (१) मा सुनिल केसी निर्वाचित


मंगलबार, मंसिर ६ २०७९०२:४३

काठमाडौं २ प्रदेशसभा (१) मा  सुनिल केसी निर्वाचित


काठमाडौँ - काठमाडौं २ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । केसीले वाग्मती प्रदेशका निवर्तमान सभामुख एवम् नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गरेका हुन् 

यहाँ चार दलीय सत्ता गठबन्धनका उम्मेदवार तेस्रो भएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित केसीले ६ हजार ५९८ मत ल्याएका छन् भने एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।यहाँ सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ध्रुव केसीले भने ३ हजार ८४७ मतमात्रै पाए । 

नेपाल मजदुर किसान पार्टीका कमलबहादुर डंगोलले १९४ र हाम्रो नेपाली पार्टीका राजकुमार तिमल्सिना ९२३ मत पाएका छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय प्रजातन्त्र पार्टी
  • # काठमाडौं २


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend