असोज ३० गते २०८३ || October 16, 2026

भारतमा बाढी र पहिरो प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द


पिपल अनलाइन
शुक्रबार, साउन ५ २०८००६:४०

भारतमा बाढी र पहिरो प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द

काठमाण्डौँ - भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको राइगढमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।


  • सम्बन्धित विषय:

  • # भारतमा बाढी र पहिरो प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend