कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौं १ बाट पुनः प्रकाशमान सिंह निर्वाचित 


मंगलबार, मंसिर ६ २०७९०३:०४

काठमाडौं १ बाट पुनः प्रकाशमान सिंह निर्वाचित 

काठमाडौं - काठमाडौं १ बाट पुनः प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । 

सिंहले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 


  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend