असोज ३० गते २०८३ || October 16, 2026

'अवैध सुन भित्र्याउने कसैलाई माफि हुँदैन' : गृहमन्त्री श्रेष्ठ


पिपल अनलाइन
शुक्रबार, साउन ५ २०८००१:५८

'अवैध सुन भित्र्याउने कसैलाई माफि हुँदैन' : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् ।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।

अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।


  • सम्बन्धित विषय:

  • # 'अवैध सुन भित्र्याउने कसैलाई माफि हुँदैन' : गृहमन्त्री श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend