कात्तिक ३ गते २०८३ || October 19, 2026

नेकपा एमालेका सूर्य थापाले अग्रता लिदै


मंगलबार, मंसिर ६ २०७९०४:३१

नेकपा एमालेका सूर्य थापाले अग्रता लिदै

काठमाडौँ - प्यूठान जिल्ला नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार थापाले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् ।

पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । यसैगरी, प्यूठान प्रदेशसभा 'क' मा पनि एमाले उम्मेदवार नै अगाडि छन् । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याएका छन् ।

प्रदेशसभा ख मा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहेका छन् भने एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # सूर्य थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend