असोज ३० गते २०८३ || October 16, 2026

भारतले धौलीगंगा बाँध पुनः खोल्यो, महाकाली नदीमा सतर्कता अपनाउन आग्रह


पिपल अनलाइन
शनिबार, साउन ६ २०८००९:०८

भारतले धौलीगंगा बाँध पुनः खोल्यो, महाकाली नदीमा सतर्कता अपनाउन आग्रह

 काठमाडौँ - भारतले धौलीगंगा बाँध पुनः खोलेको छ । आज बिहान ५ बजे बाँधको ढोका खोलेको हो ।

यसअघि भारतले गत असार २६ गते बाँध खालेको थियो  । बाँध राति ८ बजेसम्मका लागि खोलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # भारतले धौलीगंगा बाँध पुनः खोल्यो, महाकाली नदीमा सतर्कता अपनाउन आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend