कात्तिक १ गते २०८३ || October 17, 2026

सुनसरीमा मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु


पिपल अनलाइन
शनिबार, साउन ६ २०८०१२:०३

सुनसरीमा मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

सुनसरी - सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

एकै मोटरसाइकलमा चारजना सवार रहेकामा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् ।


  • सम्बन्धित विषय:

  • # सुनसरीमा मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend