कात्तिक १ गते २०८३ || October 17, 2026

'बिना सेटिङ, मिलेमतो नभई विमानस्थलबाट सुन तस्करी सम्भव छैन' : रवि लामिछाने


पिपल अनलाइन
शनिबार, साउन ६ २०८०१२:०८

'बिना सेटिङ, मिलेमतो नभई विमानस्थलबाट सुन तस्करी सम्भव छैन' : रवि लामिछाने

विराटनगर - पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन् । बिहान विराटनगरमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन्। 

उनले भने,‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।’


  • सम्बन्धित विषय:

  • # 'बिना सेटिङ, मिलेमतो नभई विमानस्थलबाट सुन तस्करी सम्भव छैन' : रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend