असोज ३० गते २०८३ || October 16, 2026

बैतडीमा पहिरोले घर पुरेपछि आमा-छोराको मृत्यु


पिपल अनलाइन
सोमबार, साउन ८ २०८०१२:०५

बैतडीमा पहिरोले घर पुरेपछि आमा-छोराको मृत्यु

 काठमाडौँ - बैतडीको पुर्चौडी नगरपालिका–२ भैरु टोलमा घरमाथिबाट आएको पहिरोले पुरिएपछि आमाछोराको मृत्यु भएको छ भने ३ घाइते भएका छन्। मृत्यु हुनेमा भैरु टोलकी २४ वर्षीया अञ्जु जागरी र चार वर्षीय रिजन जागरी रहेको बैतडी प्रहरीले बताएको हो ।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले पुरिँदा भित्र सुतिरहेका आमाछोराको मृत्यु भएको हो। पहिरोमा पुरिएर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले पुष्टि गरे ।

 


  • सम्बन्धित विषय:

  • # बैतडीमा पहिरोले घर पुरेपछि आमा-छोराको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend