असोज ३० गते २०८३ || October 16, 2026

सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएनन् 


पिपल अनलाइन
सोमबार, साउन ८ २०८००१:४८

सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएनन् 

काठमाडौँ - काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।

काठमाडौं महानगरपालिका ३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए ।
विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए। मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।


  • सम्बन्धित विषय:

  • # सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएनन्
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend