असोज ३० गते २०८३ || October 16, 2026

मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध


बिहीबार , साउन ११ २०८०१०:५५

मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

अविरल वर्षाका कारण  केही दिनदेखि  मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो।

गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन खुल्न सकेको छैन। 

वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन्।


निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ। खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ। गाडी ठप्प छन्।

वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन्। ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्‍याएको छ।


  • सम्बन्धित विषय:

  • # बाढी
  • # पहिरो
  • # समाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend