काठमाडौँ - गोरखा २ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । प्रचण्डले बढाएको मतान्तर भन्दा गन्न बाँकी मत निकै कम भएसँगै उनको जित निश्चित भएको हो ।
अध्यक्ष प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ९ हजार ९५७ मत प्राप्त गरेको छ। यो १२८५० को अग्रता हो ।
५४ हजार ५३ मत खसेको गोरखा २ मा ४५ हजार ८३८ मत गणना भैसकेको छ । अब आठ हजार २१५ मत गन्न बाँकी छ ।