असोज ३० गते २०८३ || October 16, 2026

१७ किलो चित्तलको सुकुटीसहित तीनजना पक्राउ


सोमबार, साउन १५ २०८०१०:५१

१७ किलो चित्तलको सुकुटीसहित तीनजना पक्राउ

१७ केजी चित्तलको  सुकुटीसहित दाङमा तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा लमही नगरपालिका – ६ का ४५ बर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका – ६ का ३० बर्षीय मनोज थापा मगर र सोही ठाउँका ३१ बर्षीय किरण केसी रहेका छन् 

‍घोराही उपमहानगरपालिका – ३ स्थित कुइरेपानी जंगलमा चेकजाँचका लागि खटिएको प्रहरील टोलीले लमहीबाट घोराही  आउँदै गरेको रा २ प ६१९५ र बा १९ प ११०७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चित्तलको सुकुटी फेला पारेको हो।बा १९ प ११०७ नम्बरको मोटरसाइकलको पछाडि सवार किरण केसीले बोकेको झोलामा सुकुटी बरामद भएको छ। 

पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ। 

बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र दाङको वन जंगलमा विचरणका लागि आउने जंगली बँदेल, चित्तल, जरायो लगाएका वन्य जन्यको चोरी सिकारी हुँदै आएको छ।

त्यस्ता वन्य जन्तुको सिकार पछि सुकुटी बनाइ महंगो मूल्यमा बिक्री वितरण गर्ने समूह सीमावर्ती क्षेत्रका जंगलमा सक्रिय रहँदै आएको छ। त्यस्तो गतिविधि रोक्न प्रहरीले पनि सक्रियताका साथ चेकजाँच र गस्तीलाई तीव्र बनाएको छ।


  • सम्बन्धित विषय:

  • # आजको दाङ घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend