कात्तिक २ गते २०८३ || October 18, 2026

एमालेले आज पनि संसद चल्न नदिने


मंगलबार, साउन १६ २०८०११:०७

एमालेले  आज पनि संसद  चल्न नदिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताएका छन्। 

संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन्।

छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएपछि एमाले पनि सदनको अवरोध हटाउन तयार थियो। दिउँसो उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो।
त्यो छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले तदारूकताका साथ छानबिन गरिरहेको भन्दै अलग्गै समिति बनाउन तत्पर नदेखिएपछि समझदारीमा खटपट भएको थियो। 


  • सम्बन्धित विषय:

  • # आजको संसद
  • # आजको ताजा खबर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend