असोज ३० गते २०८३ || October 16, 2026

‘भ्रष्टाचारका थप फाइल खुल्छन्’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको दाबी ’


बिहीबार , साउन १८ २०८०११:२९

‘भ्रष्टाचारका थप फाइल खुल्छन्’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको दाबी ’

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफू र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच उच्चस्तरको समझदारी भएकाले भ्रष्टाचारविरोधी अभियान नरोकिने प्रस्ट पारेका छन् ।

 सरकार छाड्दा पनि भ्रष्टाचारविरुद्धको आन्दोलन रोकिँदैन,” प्रधानमन्त्री “बरु अझ ठुला खालका भ्रष्टाचारका फाइल खुल्दै जाने छन्। त्यसको तरङ्ग झन् ठुलो हुनेवाला छ। हामीलाई हटाउन खोज्ने आफैँ कमजोर हुने छन्। जसले सरकार फाल्ने कोसिस गर्छ तिनै भ्रष्टाचारी साबित हुने छन्।” 

“हामीलाई भ्रष्टाचारविरोधी अभियानबाट पन्छिने छुट छैन। हामी ब्याक भयौँ भने जनताले हामीलाई छाड्दैनन्, उल्टै हामी सिद्धिन्छौँ। हामीलाई हटाउन लागे भने उल्टै उनीहरू सिद्धिन्छन्,” 


केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकार निर्माण भएपछि जनतामा आशा र अपेक्षा धेरै पलाएको बताएका छन् । उनले  सरकारले अघि सारेका कार्यक्रम, पहलकदमी र गतिविधिबाट जनतामा आशा जागेको उल्लेख गरेका छन्। जनतामा जागेको आशा र अपेक्षा सङ्गठन निर्माणमा रूपान्तरण गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । सङ्घीय शिक्षा ऐन, प्रहरी ऐन र निजामती ऐन छिट्टै ल्याइने उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी हुँदै ललिता निवास, मिटरब्याजपीडितको पक्षमा कानुन निर्माण, नागरिकता विधेयक जस्ता कामले जनतामा आशा पलाएको बताएका छन् । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने, सहिद र बेपत्तालाई सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उनले प्रस्ट परेका छन्।  

उनले  विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनेदेखि समयमै किसानलाई मल उपलब्ध गराउँदा जनताले सरकार भएको अनुभूति गर्न थालेको उल्लेख गरेका छन् । देशैभरका १२२ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूप्रति भने असन्तुष्टि पोखेका छन् । पार्टी नेताहरूमा आत्मकेन्द्रित व्यक्तिवाद, अपारदर्शी जीवनशैली, अनुशासनहीनता, अध्ययनप्रति अरुचि रहेको उल्लेख गरेका छन्।  पार्टी नेताकै कारण जनताबाट पार्टी टाढिँदै गएकाले पु्लको रूपमा काम गर्न उनले निर्देशन दिएका छन्। 

माओवादीले भदौदेखि तीनमहिने पार्टी अभियान चलाउने एजेन्डाका रूपमा प्रस्तुत गरेको छ। पार्टीलाई उत्पादन र जनसेवामा केन्द्रित गर्दै पालिकासम्म सङ्गठन विस्तारमा लाग्ने तयारी गरिएको छ। पार्टीको तीनमहिने अभियान पूरा भएपछि मङ्सिरमा विधान सम्मेलन गर्ने तयारी गरिएको छ। विधान सम्मेलनबाट पार्टी थप सुदृढ हुने विश्वास लिएको छ। विधान सम्मेलनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव छ। माओवादीले विचार मिल्नेसँग एकता गरेर जाने र त्यसो नभएमा मोर्चा बनाएर जाने योजना अघि सारेको छ। अब पार्टी एकता गर्दा सङ्गठनको स्वरूप नबिग्रने गरी गरिने प्रचण्डले प्रस्ट पारेका छन् । 

बैठकमा बोल्ने अधिकांश नेताले सङ्गठन बिग्रदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लागिपरेकाले पार्टी नेता तथा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिएका छन्। सरकारले गरेका राम्रा काम जनतासमक्ष लग्नुपर्ने अधिकांश केन्द्रीय सदस्यले धारणा राखेका छन्। 


  • सम्बन्धित विषय:

  • # आजको ताजा समचार
  • # पुष्प कमल दाहाल
  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend