अलैंची मूल्य यो वर्षको सबैभन्दा उच्च पुगेको छ । किसानले उत्पादन गरेको अलैँची प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । अलैंची व्यवसाय पूर्वी पहाडी किसानको आम्दानीको राम्रो स्रोत रहेको छ । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई राहत भएको छ ।
असार महिनासम्म बजारमा अलैँची प्रतिमन ४० हजार रुपियाँमा किनबेच भएको थियो । साउन लागेपछि मूल्य क्रमशः सुधार हुन थालेको हो । किसानले प्रशोधन गरेका अलैँची भदौ देखि माघ महिना भित्रै बिक्री गरिसक्ने भएकाले बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्ने किसानको गुनासो छ । अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ ।
नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत पुग्छ । अलैँची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र संखुवासभाका कृषकको प्रमुख आय स्रोत नै अलैँची हो ।