नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतवार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।
यस्तै चाँदीको मूल्य आइतवार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतवार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ।