राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।
बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण अथवा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड बनाएको छ।
पालिका तहका विभागको प्रमुख बन्न स्नातक तह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ। पालिका तहको विभागको सदस्य हुन भने १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन गरेको हुनुपर्ने छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्यलाई गाउँगाउँमा अन्तरक्रिया गर्न पठाउने निर्णय गरेको छ। प्रत्येक कार्यदलका सदस्यले कम्तीमा ३ जिल्ला जानुपर्ने छ। एउटा जिल्लामा पाँच दिन बसेर अन्तक्र्रिया गर्नुपर्ने छ। तीन पटक गएर त्यसरी अन्तरक्रिया गर्नुपर्ने छ ।कार्यदलका सदस्यलाई अन्तरक्रिया गर्न ४५ दिनको समय पनि दिइएको छ।