कात्तिक ३ गते २०८३ || October 19, 2026

तनहुँ १ मा रामचन्द्र पौडेल निर्वाचित


बिहीबार , मंसिर ८ २०७९०१:५६

तनहुँ १ मा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ - तनहुँ प्रतिनिधि सभा क्षेत्र न: -१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर विजयी भएका हुन् । 

नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । 

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # रामचन्द्र पौडेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend