असोज ३० गते २०८३ || October 16, 2026

चितुवाको छालासहित दुई जना प्रहरीबाट पक्राऊ


शुक्रबार, साउन १९ २०८००४:४०

चितुवाको छालासहित दुई जना प्रहरीबाट पक्राऊ

छापा मारेर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो २ बजे धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरिएको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको टोलीले छालासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्।

उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिनु भएको छ। 


  • सम्बन्धित विषय:

  • # today news


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend