काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।
गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा गान्धीलाई दोषी ठहर गर्ने अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको हो ।अदालतको आदेशले राहुललाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो ।
उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो भने त्यो फैसलामाथि राहुलले सर्वोच्च अदालतमा रिट हालेका थिए । उक्त मुद्दा गान्धीले जितेपछि लोकसभाले पद बहाल रहेको सूचना निकाले थिए । लोकसभाले पद बहाल गरेपछि कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका थिए ।