कात्तिक २ गते २०८३ || October 18, 2026

मन्त्री ज्वालाको सडक चाँडो सुचारू गराउन निर्देशन


मंगलबार, साउन २३ २०८०१२:०८

मन्त्री ज्वालाको सडक  चाँडो सुचारू गराउन निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन्। 

उनले  अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार अपरान्नदेखि परेको अविरल बर्षाले देशका बिभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

उनले  देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न निर्देशनदिएका छन्।
अविरल बर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । 

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए  । निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अबरुद्ध बनेको छ । अबरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धीत क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन्। 


  • सम्बन्धित विषय:

  • # आजको ताजा
  • # ताजा समाचार
  • # नया नया खबर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend