कात्तिक १ गते २०८३ || October 17, 2026

 डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट विजयी


बिहीबार , मंसिर ८ २०७९०२:१०

 डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट विजयी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

त्यस्तै, ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएर पराजित भएकी छन् ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • # डा. तोसिमा कार्की


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend