असोज ३० गते २०८३ || October 16, 2026

नारायणगढ–मुग्लिन अबरुद्द सडक एकतर्फी सञ्चालनमा


मंगलबार, साउन २३ २०८०१२:२५

नारायणगढ–मुग्लिन अबरुद्द  सडक एकतर्फी सञ्चालनमा

 नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाउँको पहिरो पन्छाएपछि बिहान ९ः३०  बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । 

आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि  पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । 

 सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।


  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक खण्ड
  • # आजको मुग्लिन खबर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend