कात्तिक २ गते २०८३ || October 18, 2026

ललिता निवास प्रकरणमा कुनै पनि बदमासी गरेको छैन माधब नेपालको स्पष्टीकरण


बुधबार, साउन २४ २०८००१:०४

ललिता निवास प्रकरणमा  कुनै पनि बदमासी गरेको छैन माधब नेपालको स्पष्टीकरण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिएका छन्। 

पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गरेका छन्  । 

आफूले असल मनसायले मात्रै बालुवाटार विस्तारको मास्टर प्लानको पक्षमा रहेर काम अघि बढाएको उनले बताए  । आफूले अनुचित कार्य नगरेको भन्नेमा विश्वस्त रहेको उहाँले दाबी गरेका छन्  ।  

अध्यक्ष नेपालले भने , “नबिराउनु, नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा काम गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । 

छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।” राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा त्यसमा मुछिने कुनै काम नगरेको बताउँदै उहाँले अदालतको निर्णयबारे मैले केही भन्नु नपर्ने उल्लेख गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # माधब नेपाल
  • # आजको ताजा खबर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend