कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित


शुक्रबार, साउन २६ २०८००२:२२

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।

 प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

सांसद साह बोल्दाबोल्दै सत्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह  गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सिटमा बस्न आग्रह गर्नुभयो । 


प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।


  • सम्बन्धित विषय:

  • # सूचना टाँसेर आजको संसद बैठक स्थगित, सोमबार सारियो
  • # आजको संसद


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend