काठमाडौँ - चितवन - २ मा रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। लामीछाने नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका छन् ।
लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन्।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए ।