राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ