कात्तिक २ गते २०८३ || October 18, 2026

सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा साथ रहने : रवि लामिछाने


शनिबार, भदौ २ २०८००२:२९

सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा साथ रहने  : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनुभएको छ । हामी भ्रष्टाचार गर्दैनौ र सहन्नौ पनि, उहाँले भन्नुभयो ।

प्रतिपक्ष तथा अरूलाई तर्साउनका लागि मात्र सरकार केन्द्रित नहोस् भन्दै उहाँले निष्पक्ष छानबिन गरेर दोषी जो भए पनि कारबाही गर्ने तत्परता सरकारले देखाउनु पर्ने उहाँको भनाई रहेको थियो । शुक्रबार अपराह्न झापाको दमक र साँझ गौरादहमा भएको कार्यक्रम तथा भेटघाटहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूको उपस्थिति र आवाजले नै विभिन्न भ्रष्टाचार मुद्दाका फायलहरू खुल्न थालेको दाबी गर्नुभयो ।

यदि यो विषय आफूहरूको दबाबमा नआएको भए अगाडि नै आउन सक्ने भन्दै त्यो समय किन आएन ? भनेर उहाँले प्रश्न गर्नु भयो । सार्वजनिक भएका काण्डका फाइलमा ठुला भनिएका दल र त्यसका शीर्षस्थ नेताहरुले आफूहरू ती काण्डमा संलग्न छैनौ भन्दै आफू बच्न र अरूलाई बचाउन स्पष्टीकरण दिँदैमा चार वर्ष बित्छ, लामिछानेले जनाउनुभयो । 

राजनीतिक खिचातानीका कारण धेरै समय सांसदलाई बन्धक बनाउन नमिल्ने पनि लामिछानेले बताउनुभयो । जनताका कुराहरू उठाउने सदन चाँडो खोल्न मेरो आग्रह छ, उहाँले भन्नुभयो । जनताका धेरै कुराहरू सदनमा उठाउनु पर्ने अवस्था रहेको भन्दै चाँडो सदन खुलाउन माग राख्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend