कात्तिक ३ गते २०८३ || October 19, 2026

अन्ततः अध्यक्ष 'प्रचण्ड' भारी मतान्तरले विजयी 


बिहीबार , मंसिर ८ २०७९०३:०८

अन्ततः अध्यक्ष 'प्रचण्ड' भारी मतान्तरले विजयी 

काठमाडौं - प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी भएका हुन् ।

प्रचण्डका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित भए ।

नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे। गोरखा-२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।


  • सम्बन्धित विषय:

  • # गोरखा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend