कात्तिक २ गते २०८३ || October 18, 2026

तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड


सोमबार, भदौ ४ २०८०१२:४०

तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड

चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ । 

यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेकाले सोमबारको व्रत गर्ने वा नगर्ने भन्नेमा द्विविधामा रहेका वर्तालुले अहिले भने खुलेर व्रत गरेका छन् ।

चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ । श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend