कात्तिक १ गते २०८३ || October 17, 2026

कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने


आइतबार, भदौ १० २०८००३:४९

कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताउनुभएको छ । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । 

कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले बिरूवामा जल सिंचित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो  कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक् महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषिक्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।”  

प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र त्यस्तो ठाउँको अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्नेगरी सरकार लागेको बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend