कात्तिक २ गते २०८३ || October 18, 2026

नापी अधिकृतिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


आइतबार, भदौ १० २०८००७:०७

नापी अधिकृतिसहित सात जनाविरुद्ध  भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नम्बर २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी नक्सामाभन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरिएको छ।

कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ।

राउसाई होल्डिङ्गस् प्रा. लि., ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई  प्रभाव पारी गलत लिखत तयार पारेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend